नियम १२३
मालसामानको निरीक्षण र स्वीकृति
(१) आपूर्ति गरिएका मालसामान सम्झौतामा
उल्लिखित प्राविधिक स्पेसिफिकेशन र गुणस्तर बमोजिमका भए नभएकोे निरीक्षण वा
परीक्षण गर्नु गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण वा परीक्षण गर्दा गराउ“दा मालसामान
निरीक्षण वा परीक्षण सम्बन्धी प्रचलित कानून भए सोहीे कानून बमोजिम र नभएमा
खरिद सम्झौतामा उल्लिखित कार्यविधि बमोजिम गर्नु पर्नेछ । त्यस्तो कार्यविधि पनि
नभए स्थानीय निकायले उपयुक्त सम्झेको कार्यविधि बमोजिम गर्नु पर्नेछ ।
(३) उपनियम (१) को प्रयोजनको लागि सम्बन्धित स्थानीय निकायले त्यस्तो
निरीक्षण वा परीक्षण गर्ने एक वा एक भन्दा बढी निकाय वा अधिकारी तोक्न वा
सम्बन्धित मालसामान सम्बन्धी बढीमा तीन जना विज्ञ रहेको एक समिति गठन गर्न
सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको निकाय, अधिकारी वा समितिले आपूर्ति गरिएका
मालसामान निरिक्षण वा परीक्षण गर्दा त्यस्तो मालसामानको नमूना र विशिष्टता
सिलबन्दी गरी राखेको भए त्यस्तोे नमूना र विशिष्टता बमोजिम जा“च गर्नु पर्नेछ ।
त्यसरी जा“च गर्दा त्यस्तो नमूना र विशिष्टता अनुरुप भएको मालसामान स्वीकृत गरी
नभएका मालसामान आपूर्तिकर्तालाई नै फिर्ता गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम निरीक्षण वा परीक्षण गर्दा आवश्यकतानुसार सबै
मालसामान वा सोको नमूना छनौट गरी निरीक्षण वा परीक्षण गर्न सकिनेछ ।
(६) निरीक्षण वा परीक्षण गर्ने निकाय, अधिकारी वा समितिले उपनियम (४) र
(५) बमोजिम निरीक्षण वा परीक्षण गरी सकेपछि स्वीकृत र अस्वीकृत मालसामानको
विवरण उल्लेख गरी निरीक्षण प्रतिवेदन तयार गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदनमा जा“च
भएको मालसामानको नाम, प्रतिशत, स्पेसिफिकेशन, निरीक्षण वा परीक्षणको परिमाण
उल्लेख गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनलाई खरिद कारबाहीको अभिलेखको रुपमा राख्नु
पर्नेछ ।
(७) यस नियम बमोजिम मालसामान निरीक्षण वा परीक्षण गर्दा निरीक्षण वा
परीक्षण गर्ने निकाय, अधिकारी वा समिति र आपूर्तिकर्ता बीच कुनै विवाद उत्पन्न
भएमा त्यस्तो विवाद खरिद सम्झौतामा उल्लेख भएको विवाद समाधानको प्रकृया
बमोजिम समाधान गर्नु पर्नेछ ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि पच्चीसहजार
रुपैया“सम्मकोे मालसामान स्थानीय निकायको भण्डार शाखाको प्रमुखले आवश्यक
निरीक्षण वा परीक्षण गरी बुझिलिन सक्नेछ ।